कोरोनाबाट वडाध्यक्षको मृत्यु

डिसी नेपाल
७ असोज २०७७ १४:११

बाँके। भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको बुधबार कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बुधबार बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *