काेरोना मुक्त हुनेको संख्या ५० हजार नाघ्यो, निको हुने दर ७३ प्रतिशत

डिसी नेपाल
१० असोज २०७७ १०:२२

काठमाडौं । नेपालमा कोरोनाबाट मुक्त हुनेको दर ७३ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म जम्मा संक्रमितको ७३.४५ प्रतिशत रहेको छ।

हालसम्मको जम्मा संक्रमितको संख्या ७० हजार ६ सय १४ मध्ये ५१ हजार ८ सय ६६ कोरोना संक्रमण मुक्त भएका छन्। यो संक्रमितको संख्याको ७३ दशमलब ४५ प्रतिशत हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म सबैभन्दा बढी बागमति प्रदेशमा १३ हजार ९ सय १६ जना कोरोना संक्रमण मुक्त भएका छन्।

यस्तै, प्रदेश २ मा १२ हजार ८ सय ७३, प्रदेश ५ मा ८ हजार ७३, सुदूरपश्चिम प्रदेशमा ६ हजार ४ सय ४५, प्रदेश १ मा ४ हजार ७ सय १७, गण्डकी प्रदेशमा ३ हजार २४ र कर्णाली प्रदेशमा सबैभन्दा कम २ हजार ८ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन्।

हालसम्म २ सय २७ जनाको आइसियू र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। भेन्टिलेटरमा उपचार हुनेमा बागमति प्रदेशमा ३४ जना र प्रदेश १ मा ३ जना रहेका छन्।

यस्तै आइसीयूमा उपचाररतमध्ये बागमति प्रदेशमा १३५ जना, कर्णाली प्रदेशमा १७ जना, प्रदेश २ मा १९ जना र प्रदेश १ मा ११ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अझैपनि ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। क्वारेन्टाइनमा रहनेमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २ हजार २ सय ६९, प्रदेश ५ मा १ हजार ४ सय ३७, कर्णाली प्रदेशमा ६ सय ४९, प्रदेश १ मा ७ सय ५२, बागमति प्रदेशमा ५ सय ६९ र प्रदेश २ मा २ सय ७९ रहेका छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १८ हजार २ सय ८९ जना सक्रिय संक्रमितहरु रहेका छन्। सक्रिय संक्रमित मध्ये १० हजार ५२ जना होम आइसोलेसनमा रहेका छन भने ८ हजार २ सय ३७ जना संस्थागत आइसोलेसनमा रहेका छन। सबैभन्दा बढी बागमति प्रदेशमा १० हजार ७ सय ४३ जना सक्रिय संक्रमित रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *