चीनले विकास गरेको कोरोना भ्याक्सिन सर्वसधारणमा उपयोग गर्न डब्ल्यूएचओको अनुमति

डिसी नेपाल
१० असोज २०७७ २१:१३
40
Shares

बेइजिङ (एजेन्सी)। चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन अव सर्वसाधारणमा लगाउन सकिने भएको छ। चिनियाँ सञ्चार माध्यमहरुका अनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सो भ्याक्सिन सर्वसाधारणमा लगाउन अनुमति दिएको जनाएका छन्।

चिनियाँ सरकारी कम्पनी सिनोफार्माले विकास गरेको सो भ्याक्सिनले अनुमति पाएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्। डब्ल्यूएचओले आपताकालिन अवस्थामा सो भ्याक्सिन सर्वसाधाणमा लगाउन सकिने अनुमति दिएको हो।

विश्वभर कहर मच्चाइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सर्वसाधारणमा उपयोग गर्न पाउने पहिलो मुलुक चीन बनेको छ। चीनबाटै सो भाइरस विश्वभर फैलिएको थियो। यसअघि रुसले पनि भ्याक्सिन बनाएको घोषणा गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *