भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या लाख नजिक
काठमाडौं। भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लाख नजिक पुगेको छ। त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ हजार ८०४ पुगेको छ।
भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ६९३ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६३ लाख ९१ हजार ९६० पुगेको छ। ती मध्ये ५३ लाख ४८ हजार ६५३ जना निको भएका छन्।
भारतमा हालसम्म ७ करोड ५० लाख कोरोना टेस्ट गरिएको छ। त्यहा प्रत्येक दिन १० देखि ११ लाखको कोरोना टेस्ट गरिँदै आएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment