कोरोना भाइरसबाट १ लाख २४ हजार ९८ नेपाली संक्रमित, ७९४ जनाको मृत्यु, ९८ हजार ६५६ जना निकाे

डिसी नेपाल
१८ असोज २०७७ १०:२२

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने नेपालीको संख्या १ लाख २४ हजार नाघेको छ। शनिबार साँझसम्म नेपालसहित विभिन्न देशहरुमा १ लाख २४ हजार ९८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का स्वास्थ्य समिति संयोजक डा. संजीव सापकोटाले डिसी नेपाललाई जानकारी दिए।

उनका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३९ हजार ५२८ जनामा कोरोनाकाे संक्रमण देखिएको छ । तीमध्ये ३५ हजार ९१६ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिको तथ्याङकले देखाउँछ।

संयोजक सापकोटाका अनुसार यो साता स्पेन, भारत, कतार, कुवेत र साउदी अरबलगायतका देशमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै शनिबारसम्म नेपालमा मात्रै ८४ हजार ५७० जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ६२ हजार ७४० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना मुक्त हुनेको संख्या औसतमा ७२.२ प्रतिशत रहेको छ।

सापकोटाका अनुसार विश्वभर १ लाख २४ हजार ९८ जनामा नेपालीमा संक्रमण पुष्टि भएकोमा तीमध्ये ९८ हजार ६५६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन् । नेपालसहित कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या औसत ९२ प्रतिशत रहेको छ।

७९४ नेपालीको मृत्यु

हालसम्म कोरोनाको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ७९४ पुगेको एनआरएनएकाे स्वास्थ्य समितिले जनाएको छ। समितिका अनुसार शनिवार साँझसम्म नेपालबाहिर विभिन्न देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २६६ पुगेको छ । नेपालबाहिर विभिन्न १८ देशमा कोरोनाको कारण नेपालीले ज्यान गुमाएका छन्। यो साता साउथ अफ्रिकामा थप एक नेपालीको कोरोनाको कारण ज्यान गएको हो।

कोरोनाको संक्रमणबाट बेलायत,अमेरिका, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १८ देशमा नेपालीहरुको ज्यान गएको हो।

त्यस्तै शनिबार साँझसम्म नेपालमा ५२८ जनाको कोरोनाको कारण ज्यान गएको छ । योसँगै विश्वभर कोरोनाको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ७९४ पुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *