६८ जिल्लामा थपिए नयाँ संक्रमित, कुन जिल्लामा कति?
काठमाडौं। पछिल्लो २४ घण्टामा देशमा सर्वाधिक नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ४३६४ जना नयाँ संक्रमित थपिएका छन्। यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९८ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा देशका ६८ जिल्लामा नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्। उनका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा नयाँ संक्रमित फेला परेका छन्। काठमाडौंमा २ हजार २५ जना नयाँ संक्रमित फेला परेको उनले जनाए।



No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment