पर्यटन सचिवको अवकाश, निमित्त सचिवको जिम्मेवारी बस्नेतलाई

डिसी नेपाल
२२ असोज २०७७ २३:५१

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी सेवाबाट अवकाश भएका छन्। विसं २०७२ असोज २३ गते सचिव पदमा बढुवा भएका अधिकारीले उमेरहदका कारण आजबाट अनिवार्य अवकाश भएका हुन्। आफ्नो पाँच वर्षे कार्यकालमा अधिकारीले सचिवका रूपमा पर्यटन मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए।

अवकाश प्राप्त सचिव अधिकारीलाई विदाई गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले कुशल प्रशासकको रुपमा स्थापित अधिकारीले आफ्नो मन्त्रालयको जिम्मेवारीमा रहँदा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका निम्ति गरेको समन्वय र सहयोगकारी भूमिकाको प्रशंसा गरे। उनले मन्त्रीको संसदीय भूमिका तथा मन्त्रीको अनुभवसमेत पहिलो भएकाले सचिवबाट धेरै सहयोग मिलेको बताए।

सचिव अधिकारीले आफ्नो कार्यकालमा मन्त्री भट्टराईले सधै सकारात्मक सहयोग गरेको बताए। पर्यटन मन्त्रालयको सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई निमित्त सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *