एकैदिन थपिए ५ हजार नयाँ संक्रमित, कुन जिल्लामा कति ?

डिसी नेपाल
२४ असोज २०७७ १७:०२
260
Shares

काठमाडौं। देशमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संख्या नेपालमा हालसम्मकै एकैदिन थपिएको सबैभन्दा ठूलो संख्या हो।

स्वाथ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले १९ हजारको पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमित फेला परेको जानकारी दिए।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा २१ सय नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा देशका ६८ जिल्लामा नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशका ७७ मध्ये ७५ जिल्लामा सक्रिय संक्रमित छन् भने दुई जिल्लामा छैनन्।

मनांग र मुस्तांगमा सक्रिय संक्रमित नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बाँके, रुपन्देही, सुर्खेत, मोरंग र सुनसरी रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *