खेर गयो राहुल-मयंकको अर्धशतक, कोलकाताको सनसनीपूर्ण जित

डिसी नेपाल
२४ असोज २०७७ १९:४९
192
Shares

काठमाडौं। यूएईमा जारी आईपीएलको शनिबार भएको खेलमा किंग्स एलेभेन पञ्जावविरुद्ध कोलकाता नाइट राइडर्सले सनसनीपूर्ण जित हात पारेको छ। १६५ रनको लक्ष्य पछ्याएको पञ्जावका लागि ओपनर केएल राहुल र मयंक अग्रवालले अर्धशतक बनाए पनि अन्तिममा कोलकाताले सनसनीपूर्ण बलिंगर्दा टिमलाई जित दिलाउन सकेनन्।

पञ्जावलाई अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक हुँदा उसले ११ रनमात्र बनाउन सक्यो। २ रनको जितसँगै कोलकाताले अंक तालिकामा २ अंक जोडेको छ।

पहिला ब्याटिंग गरेको कोलकाताले कप्तान दिनेश कार्तिकको तुफानी अर्धशतकमा १६४ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको पञ्जावका लागि राहुलले ७४ रन मयंकले ५६ रन बनाएका थिए। तर, अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा जितेको खेल पञ्जावले गुमायो। अन्तिम दुई ओभरमा पञ्जावले ३ विकेट गुमाउँदै १७ रनमात्र बनाउन सकेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *