मनमोहन क्रिकेट सेन्टरले क्रिकेट खेलाडीहरुको बिमा गर्ने

डिसी नेपाल
२५ असोज २०७७ २१:२६

सुनसरी । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले महिला तथा पुरुष क्रिकेट खेलाडीहरुको कोरोना बिमा गर्ने भएको छ । सेन्टरले आईतवार जारी गरेको बिज्ञप्तीमा गत बर्षको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ बाट सहभागिता जनाएका क्रिकेट खेलाडीहरु तथा गत दक्षिण एसियाली खेलकुद सागको क्याम्पमा रहेका महिला खेलाडीहरुको कोरोना बिमा गर्ने भएको हो ।

सेन्टरका अध्यक्ष विपल्व घोषले अहिलेको विषम परिस्थितिमा खेलाडीहरुको सुरक्षालाई ध्यानमा राख्दै सेन्टरले यो निर्णय लिएको बताए । उनले नेपाली क्रिकेट विकास तथा खेलाडीहरुको विकास तथा सुरक्षाको लागि सेन्टरले लामो समय देखी कार्य गर्दे आएको र आगामी दिनहरुमा पनि सेन्टरले यस्ता कार्यहरुलाई निरन्तरता दिने बताए । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको सन्दर्भमा विगत लामो समय देखी बिभिन्न उमेर समुहका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिताहरु पनि आयोजना गर्दे आएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *