सन्दीप नखेलेको खेलमा मुम्बईसँग दिल्ली पराजित

डिसी नेपाल
२५ असोज २०७७ २३:१९

काठमडौं। जारी आईपीएलमा नेपाली स्पीनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले दोस्रो हार ब्यहोरेको छ। आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो।

१६३ रनको लक्ष्य पछ्याएको मुम्बईले ५ विकेट गुमाएर अन्तिम ओभरमा लक्ष्य प्राप्त गर्यो। मुम्बईको जितमा क्वान्टन डिकक र सूर्यकुमार यादवले अर्धशतक बनाए। डिक र यादव दुबैले ५३-५३ रन बनाएका थिए।

यसअघि दिल्लीले शिखर धवनको अर्धशतकको मद्दतमा १६२ रन बनाएको थियो।

जारी लिगमा दिल्लीको यो दोस्रो हार हो। हारपछिल्ली अंक तालिकाको दोस्रो स्थानमा झरेको छ भने मुम्बई शीर्ष स्थानमा उक्लिएको छ। दुबैको समान १०-१० अंक छ। मुम्बईले पनि जारी लिगमा दुई खेलमात्र गुमाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *