दिल्ली क्यापिटल्सका विकेटकिपर ऋषभ पन्त अझै केही खेल नखेल्ने

डिसी नेपाल
२६ असोज २०७७ १४:०१

काठमाडौं। आइपिएल टिम दिल्ली क्यापिटल्सका विकेटकिपर ऋषभ पन्त अझै केही खेल खेल्न नसक्ने भएका छन् । थाइको मांशपेशीमा समस्या भएका कारण उनी खेल्न नसक्ने भएका हुन् । उनी कम्तीमा एक हप्ता बाहिर रहने बताइएको छ । टिमका कप्तान श्रेयस अय्यरले यो जानकारी दिएका हुन् । पन्त शुक्रबार राजस्थान रोयल्सविरुद्धको खेलको क्रममा घाइते भएका थिए । उनी आइतबार मुम्बइ इण्डियन्सविरुद्ध खेल्न सकेनन् । यो खेल दिल्लीले हारेको थियो ।

मुम्बइसँगको खेलपछि कप्तान अय्यरसँग ऋषभ पन्तको स्थितिबाट सोध्दा उनले भने ‘मलाई सबै थाहा छैन । डाक्टरले उनलाई एक हप्तासम्म विश्राम गर्नुपर्छ भनेका छन् । मलाई आशा छ त्यसपछि उनी बलियो भएर फर्किनेछन् ।’ दिल्ली आगामी बुधबार राजस्थान रोयल्स र शनिबार चेन्नइ सुपरकिंग्ससँग खेल्दैछ । आइतबार पन्तको ठाउँमा अस्ट्रेलियाका विकेटकिपर ब्याट्सम्यान एलेक्स केरी खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *