एबीडी भिलर्सको विस्फोटक ब्याटिंगमा बेंगलोरद्वारा कोलकातालाई १९५ रनको लक्ष्य

डिसी नेपाल
२६ असोज २०७७ २१:३८

काठमाडौं। यूएईमा जारी आईपीएलको मिडट्रमको अन्तिम खेलमा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरले पहिला ब्याटिंग गर्दै २ विकेटमा १९४ रन बनाएको छ। शारजहाँ क्रिकेट मैदानमा एबीडी भिलर्सले विस्फोटक ब्याटिंग गरेपछि कोलकाता नाइट राइडर्सले १९५ रनको विशाल लक्ष्य पाएको छ। भिलर्सले ३३ बलमा ७३ रन बनाउनेक्रममा ६ छक्का प्रहार गरे।

शारजहाँ मैदान छोटो बाउन्ड्रीको मैदान हो। यो मैदानमा पहिला ब्याटिंग गर्ने टिमले २ सयभन्दा तल रन बनाएको यो दोस्रो पटक हो। यसअघि दिल्ली क्यापिटल्सले पनि २ सयभन्दा तलको स्कोर बनाएर सफलतापूर्वक बचाऊ पनि गरेको थियो।

जारी लिगमा कोलकाताले आफूले खेलेका ६ मध्ये ४ खेलमा जित हात पारेको छ भने बेंगलोरले पनि ६ खेलमा ४ खेल जितेको छ। अंक तालिकामा नेटरन रेटका आधारमा कोलकाता बेंगलोरभन्दा माथि छ। तर, आजको खेलको निर्णयले यी दुई टिमबीच स्पष्ट दुई अंकको फरक हुने छ।

जारी आईपीएलमा सहभागी ८ वटै टिमले सोमबार आ आफ्ना आधा खेल (७ वटा) पूरा गर्दै छन्। यसपछि मिडट्रम् वीण्डोमार्फत खेलाडी ट्रान्सफरसमेत हुने नियम बनाइएकोले सोमबारसम्म एक टिममा रहेका खेलाडी अबको खेलमा अर्को टिमको जर्सीमा पनि देख्न सकिने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *