आईपीएलमा चेन्नईले ब्याटिङ गर्दे

डिसी नेपाल
२७ असोज २०७७ १९:४९

काठमाडौं । युएईमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको चेन्नई सुपर किंग्स र सनराईजर्स हैदराबाद बिचको खेलमा चेन्नईले ब्याटिङ गर्ने भएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको टस जित्दै चेन्नईले ब्याटिङ गर्ने निर्णय गरेको हो । अंक तालिकामा सातौं स्थानमा रहेको चेन्नईलाई आजको खेल जित्नै पर्ने दबाब छ । प्रतियोगितामा सात खेल खेलको चेन्न्नईले मात्र दुई खेल जितेको छ । बाकि ५ खेलमा चेन्नईले हार ब्योहोरेको छ ।

अंक तालिकामा पाचौं स्थानमा रहेको हैदराबादले आजको खेल जित्दै अंक तालिकामा आफुलाई माथि उकास्ने योजनमा रहेको छ । हैदराबादले खेलेको सात खेलमा ३ मा जित र ४ मा हार ब्योहोरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *