फुटबलर क्रिष्ट्रियानो रोनाल्डोलाई कोरोना संक्रमण

डिसी नेपाल
२८ असोज २०७७ ६:१८

एजेन्सी। स्टार फुटबलर क्रिष्ट्रियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ । पोर्चुुगल फुटबल फेडेरेशनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो।
रोनाल्डोको स्वास्थ्य अवस्था ठिक रहेको र उनमा कुनै लक्षण नदेखिएको विज्ञप्तिमा जनाइएको छ । फेडेरेशनका अनुसार रोनाल्डो अहिले आइशोलेसनमा छन्।
गत साताको आइतबार उनले पोर्चुुगलबाट फ्रान्सविरुद्ध नेशन्स लिग म्याच खेलेका थिए । त्यस्तै, गत शुक्रबार स्पेनविरुद्धको मैत्रिपूर्ण खेलमा पनि उनी सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *