नेशन्स लिगमा स्वीटजरल्याण्ड र जर्मनी बराबरी

डिसी नेपाल
२८ असोज २०७७ १०:५९

काठमाडौं । जर्मनीले नेशन्स लिगमा स्वीटजरल्याण्डसँग बराबरी खेलेको छ । बुधवार भएको खेलमा दुबै टोलीले ३–३ गोलले बराबरी खेलेको हो । स्वीटजरल्याण्डका लागि मारियो गाभ्रानोभिकले खेलको ५ औं र ५६ औं मिनेटमा २ गोल तथा रेमो फ्रेलुअरले १ गोल गरे । जर्मनीको तर्फबाट टिमो वेर्नर, काई हार्भटज र सेरगे गर्नाबीले एक एक गोल गरे ।

प्रतियोगताको चौंथो समुहमा रहेको जर्मनीको चार खेलमा १ जित र ३ बराबरीका साथ आफ्नो समुहको अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । सोहि समुहमा रहेको स्वीटजरल्याण्ड चार खेलमा २ बराबरी २ हारका साथ पुछारमा रहेको छ । उक्त समुहमा चार खेलमा २ जित, १ बराबरी र १ हारका साथ स्पेन पहिलो स्थानमा रहेको छ ।

बुधवार भएको अन्य खेलमा युक्रेनले स्पेनलाई १–०, लक्जमबर्गले मोन्टेनेग्रोलाई २–१ तथा फारो आईसल्यान्डले अन्डोरालाई २–० ले पराजित गरेको छ । लिकस्टेन र सान मारिनो बिचको खेल गालरहित बराबरी भयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *