आइपिएलः धोनी रिसाएपछि फेरियो अम्पायरको निर्णय

डिसी नेपाल
२८ असोज २०७७ १२:४०

काठमाडौं। इण्डियन प्रिमियर लिग अन्तर्गत गएराती चेन्नइ सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ । यो खेलका क्रममा एकपटक महेन्द्र सिंह धोनी रिसाएपछि अम्पायरको निर्णय नै बदलिएको छ । उनको यो भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।

मंगलबार राती १६८ रनको लक्ष्य पच्छ्याइरहेको हैदराबादको इनिङको १९ औं ओभरमा अम्पायल पल राइफलले वाइड दिनको लागि आफ्नो हात फैलाउनै लाग्दा महेन्द्र सिंह धोनीले विरोध जनाए । धोनीसँगै बलर शार्दुल डठाकुरले पनि विरोध गरे । त्यसपछि भने अम्पायरले बल वाइड दिएनन् ।

उता अम्पायरले बल वाइड नदिएपछि डकआउनमा सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर निकै आश्चर्यचकित देखिए । सम्भवतः उनलाई यो बल वाइड नै छ भन्ने लागेको थियो र उनी अम्पायर आफ्नो निर्णयमा कायम रहन्छन् भन्नेमा विश्वस्त थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *