आइपिएलः एउटै खेलाडी एउटै बलमा २ पटक आउट !

डिसी नेपाल
२८ असोज २०७७ १४:१०

काठमाडौं। इण्डियन प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा चेन्नइ सुपरकिंग्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्यो । यो खेलको १९ औं ओभरमा एउटा रोचक घटना भयो । दोस्रो इनिङको १९ औं ओभरको अन्तिम बलमा हैदराबादका ब्याट्सम्यान राशिद खान आउट भए । तर, उनी कसरी आउट भए भन्ने विषयमा केही समयसम्म फ्यानहरुमा अलमल भइराख्यो । किनकि उनी दुई किसिमले आउट भएका थिए ।

शार्दुल ठाकुरको बललाई राशिदले छक्का हान्ने प्रयास गरेका थिए तर उनी बाउण्ड्रीनजिकै दीपक चहरको हातबाट क्याच भए । तर, ठूलो शट खेल्ने प्रयासमा उनी यता क्रिजको पनि भित्रैसम्म पुगेका थिए जसका कारण उनको खुट्टाले स्टम्पमा लाग्यो र स्टम्पको गिल्ली खस्यो । अर्थात राशिद उता क्याच आउट भएका थिए भने यता हिट विकेट आउट पनि भएका थिए ।

अम्पायरले हिट विकेट आउट दिए किनकि दीपक चहरले बल समात्नुभन्दा पहिल्यै राशित आफैंले स्टम्प ढलाइसकेका थिए । यससँगै राशिद आइपिएलमा हिट विकेट आउट हुने १३ औं खेलाडी बनेका छन् । यसअघि यही सिजनमा कोलकाता नाइटराइडर्सविरुद्ध मुम्बइका हार्दिक पंड्या पनि हिट विकेट आउट भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *