थप २६३८ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ८० हजार नाघ्यो

डिसी नेपाल
२८ असोज २०७७ १६:२७

काठमाडौं । बुधबार देशभर २ हजार ६३८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका २ हजार ६३८ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १७ हजार ९९६  पुगेको छ।

हालसम्म ८० हजार ९५४ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा २ हजार १७४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ।

यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ४०३ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा ९९६ , ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जना नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ। गत २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ६६६ जना क्वारेन्टिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *