नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

डिसी नेपाल
२९ असोज २०७७ १३:४९
104
Shares

काठमाडौं। राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी छन्। बिहीबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त तीन जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।

राष्ट्रपति भण्डारीले अर्थमन्त्री- विष्णु पौडेल , शहरी बिकास मन्त्री- कृष्ण गोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री- लिलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले  बुधबार रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेका थिए भने  २ जना   मन्त्रीकाे जिम्मेवारी हेरफेर गरेका थिए।

प्रधानमन्त्रीले उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय आफैंसँग राखेका छन् भने पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी तोकिएको छ। यसैगरी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरूङलाई संचार मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *