विष्णु पौडेलले सम्हाले अर्थमन्त्रीकाे कार्यभार, पहिलो हस्ताक्षर नै ऋणमा
काठमाडौं। विष्णु पौडेलले अर्थमन्त्रीको पदभार ग्रहण गरेका छन्। बिहीबार सपथ ग्रहणपछि सिधै अर्थमन्त्रालय पुगेका मन्त्री पौडेलले कार्यभार सम्हालेका हुन्।
उनले आफ्नो कार्यभार सम्हाले लगतै विश्व बैंकसँग २० करोड डलर ऋण लिने सम्झौतामा हस्ताक्षर गरेको पौडेका प्रेस सल्लाहकार यमन पौडेलले जानकारी दिए।
सो रकम कोभिड १९ को रोकथामको लागि प्रयोग गरिने अर्थमन्त्रालयले जनाएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment