गुगलले भन्यो–शुभमन गिलकी पत्नी सारा तेन्दुलकर ! गुगलका नतिजामा गडबडी किन हुन्छ ?

डिसी नेपाल
२९ असोज २०७७ १५:१४

काठमाडौं। केही दिनअघि गुगलले अफगानिस्तानका स्टार लेगस्पिनर राशिद खानकी पत्नी अनुष्का शर्मा भनेपछि यो विषयले निकै चर्चा पायो । लगत्तै गुगलको नतिजामा अर्को गडबडी भएको छ । गुगलले क्रिकेटर शुभमन गिलकी पत्नी भारतका स्टार क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा देन्दुलकर भनेको छ । गत महिला मात्र २१ औं जन्मदिन मनाएका शुभकम गिलको गुगलले सचिन तेन्दुलकरकी छोरी सारासँग ‘विवाह’ गराइदिएपछि गुगलको गडबढी फेरि चर्चाको विषय बनेको छ । तर, गुगलको सर्चमा यस्तो गडबडी किन हुन्छ ? यस विषयमा बुझ्नको लागि गुगल सर्चले कसरी काम गर्छ भन्ने बुझ्नु जरुरी हुन्छ ।

सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने गुगलसँग सर्च गरिएका कुराहरुको जवाफ दिनको लागि आफ्नो कुनै प्रणाली छैन । सर्च इन्जिन अप्टिमाइजेसनका विशेषज्ञका अनुसार गुगलले स्वयं कुनै प्रश्नको जवाफ दिँदैन । उसले आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ जस्ता केही टुल्सको प्रयोग गर्छ र सबैभन्दा राम्रो जवाफ दिन सक्ने सम्भावित वेबपेजलाई अगाडि देखाइदिन्छ । यदि तपाइँ गुगललाई सर्वज्ञानी सम्झनुहुन्छ भने तपाइँ गलत हुनुहुन्छ । सजिलो भागाामा भन्दा गुगलले प्यासीलाई इनारसम्म त पुर्याउँछ तर इनारको पानी पिउन योग्य छ कि छैन त्यो प्यासीले नै निर्णय गर्नुपर्छ । अर्थात तपाइँलाई गुगलले सम्भावित जवाफ भएको ठाउँसम्म पुर्याउँछ तर सही जवाफ के हो तपाइँ आफैंले बुझ्नुपर्छ ।

गुगलले कुनै पनि प्रश्नको सही जवाफ दिन्छ भन्ने ग्यारेन्टी हुँदैन । उसले त त्यो प्रश्नको उत्तर हुन सक्ने सम्भावित वेबसाइटलाई तपाइँको अगाडि ल्याइदिन्छ । ती वेबसाइटमध्ये कुनलाई विश्वास गर्ने भन्ने तपाई आफैंले निर्णय गर्ने हो । गुगलले कुनै पनि प्रश्नको सही जवाफ नदिन पनि सक्छ किनकि गुगल हरेक प्रश्नको सही जवाफ दिनका लागि बनेकै होइन । उसको काम त युजरले सोधेको प्रश्नको सही जवाफ हुन सक्ने सम्भावित वेबसाइट युजरको अगाडि ल्याउने मात्र हो । यसमा पनि धेरै लोकप्रिय सामग्रीहरु गुगलले प्राथमिकताका साथ अगाडि देखाउँछ ।

केही समयअघि शुभमनले कार किनेका थिए र यसको फोटो इन्स्टाग्राममा पोस्ट गरेका थिए जसमा साराले रिएक्ट गरेकी थिइन् । साराको रिएक्टसँगै अर्का क्रिकेटर हार्दिक पंड्याले शुभमनलाई जिस्क्याएका थिए । यसपछि शुभमन र साराले एक अर्कालाई डेट गरिरहेको समाचारहरु आउन थाले । यो समाचार यति लोकप्रिय भयो कि गुगल सर्चमा सबैभन्दा माथि आउन थाल्यो र सारालाई शुभमनकी पत्नी बताइयो । राशिद र अनुष्काको विषयमा पनि यही भएको थियो । राशिदले अनुष्कालाई मन पर्ने अभिनेत्री भनेका थिए तर समाचार यति लोकप्रिय भयो कि अनुष्का र राशिदलाई पति पत्नी बताएर सर्च रिजल्ट आउन थाल्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *