कमल थापा कोरोना संक्रमित
फाइल तस्वीर
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। अध्यक्ष थापाले आफू संक्रमित भएको जानकारी दिएका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड १९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। अवस्था सामान्य छ। केही दिन यता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment