क्रिस गेलले छक्का वर्षाएपछि पञ्जाव जितको लयमा

डिसी नेपाल
२९ असोज २०७७ २३:१६
1.1k
Shares

काठमाडौं। यूएईमा जारी आईपीएलको सबैभन्दा अभागी टिम देखिएको किंग्स एलेभन पञ्जावका लागि यूनिभर्स बोसका नामले चर्चित क्रिस गेल लक्की सावित भएका छन्। बिहीबार रोयल च्यालेन्सर्ज बेंगलोरविरुद्धको खेलमा मौका पाएका गेलले छक्काको वर्षात गरे। पञ्जावले ८ औं खेलमा गेललाई मौका दिएको हो।

यो खेलमा पनि गेल ओपनिंग भने गरेनन्। उनी तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका थिए। बेंगलोरले पहिला ब्याटिंग गर्दै ६ विकेटमा १७१ रन बनाएको थियो।

गेलले अर्धशतक बनाएको खेलमा पञ्जावले बेंगोरलाई 8 विकेटले पराजित गर्यो। गेलले ४५ बलमा ५३ रन बनाए। उनले पाँच छक्का प्रहार गरेका थिए। यस्तै ओपनर तथा कप्तान के एल राहुलले नटआउट 61 रन बनाए। यस्तै मयंक अग्रवालले ४५ रन बनाएका थिए।

जारी लीगमा पञ्जावको यो दोस्रो जित हो। यसअघि पहिलो जित पनि बेंगलोरविरुद्ध नै पाएको थियो। जितपछि अंक तालिकाको पुछारमा रहेको पञ्जावको ४ अंक भएको छ। अब उसले ६ खेल खेल्न बाँकी छ। अब बाँकी खेल जिते पञ्जावको प्लेअफ प्रवेश गर्ने सम्भावना जीवितै छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *