पौने ३ लाख सर्वसाधारणलाई सानिमा इस्योरेन्सको आइपिओ
काठमाडौं। सानिमा जनरल इन्स्योरेन्सले साधारण सेयर (आइपीओ) मा शुक्रबार बाँडफाट गरेको छ। कम्पनीमा आईपीओका लागि ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकोमा गोलाप्रथाबाट २ लाख ७३ हजार जनाले १० कित्ता सेयर पाएका छन्।
आवेदन दिएकामध्ये ३ हजार ३६० जना आवेदकको आवेदन रद्ध र ५ लाख ९० हजार ५४५ जना आवेदक शेयर नपाएको शेयर निश्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ।
सानिमाले प्रति कित्ता १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर बिक्री खुल्ला गरेको थियो। उक्त शेयरमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारी, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याएर बाँकी २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँट गरेको हो।
आवेदनका लागि तोकिएको असोज २१ गतेदेखि २५ गतेसम्मको समय तोकिएको थियो। सर्वसाधारणलाई छुट्याएको शेयर बिक्री गरेसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको छ। बिमा समितिले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्व हुनुपर्ने व्यवस्था गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment