स्वास्थ्यमा सुधार आएपछि पूर्वप्रधानमन्त्री खनाल डिस्चार्ज
फाइल तस्वीर
काठमाडौं। स्वास्थ्यमा सुधार आएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्जार्च भएका छन्। रक्तचाप उच्च भएपछि पूर्व प्रधानमन्त्री खनाल बुधबार धुम्बाराहीस्थिति ह्याम्स अस्पताल भर्ना भएका थिए।
डाक्टरहरुले केही दिन बेडरेस्ट गर्न सुझाव दिएपछि खनाल दुई दिन अस्पतालमै बसेका थिए। स्वास्थ्यमा सुधार भएपछि शुक्रबार अपरान्ह डिस्चार्ज गरिएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
‘उच्च रक्तचाप भएपछि उहाँ (खनाल) अस्पताल भर्ना हुनु भएको थियो। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य पछि उहाँलाई डिस्चार्ज गरिएको हो,’ भट्टराईले डिसी नेपालसँग भने, ‘अहिले उहाँ आफैं हिँडडुल गर्न सक्नुहुन्छ। अवस्था सामान्य छ।’ सो क्रममा खनालको कोरोना टेस्टसमेत गरिएको थियो। उनको रिपोर्ट नेगेटिभ आएको भट्टराईले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment