बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि एन्फालाई अनुमति

डिसी नेपाल
३० असोज २०७७ १७:४१

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । शुक्रबार नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपले एन्फालाई मैत्रीपूर्ण खेलका लागि अनुमति दिएको हो । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।

राखेपको अनुमतिसँगै नेपालले आगामी नोभेम्बरमा बंगलादेशसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्नेछ । फिफाको विन्डोको मिति अनुसार नोभेम्बर ११ देखि १९ भित्र नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल्नेछ । २०७५ सालको भदौंमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई २० ले हराएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *