कोरोनाको उपचारमा प्रयोग हुने रेमडेसिभिर ल्याउन तीन कम्पनीलाई अनुमति
काठमाडौं। सरकारले कोभिड १९ को उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनाअनुसार यसरी अनुमति पाउनेमा एक भारतीय कम्पनी छ भने दुई कम्पनी नेपाली हुन्।
यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर र सिनर्जी ओभरसिज प्रालि काठमाडौं अनुमति पाउने नेपाली कम्पनी हुन् भने भारतको हेट्रो ल्याब्स लिमिटेड पनि अनुमति पाएको छ।
कोरोनाको उपचार गर्ने अस्पतालहरुले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्ययस्था विभागले सूचिकृत गरेको कम्पनीबाट सहज रुपमा खरिद गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाको उपचारमा प्रयोग हुने रेमडेसिभिर नेपालमा कालोबजारीसमेत हुने गरेको गुनासाहरु आउने गरेका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment