आइपिएलमा कागिसो रबाडाले बनाए रेकर्ड, रेकर्ड बन्दा अर्को दुर्लभ संयोग

डिसी नेपाल
१ कार्तिक २०७७ २१:१८

काठमाडौं। जारी इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सका बलर कागिसो रबाडाले रेकर्ड बनाएका छन् । आज कागिसो रबाडा आएपिएल इतिहासमै सबैभन्दा छिटो ५० विकेट लिने खेलाडी बने । उनले चेन्नइ सुपरकिंग्सका ब्याट्सम्यान फाफ डुप्लेसिसलाई आउट गरेसँगै यो रेकर्ड बनाएका हुन् ।

रबाडाले आज आइपिएलको २७ औं खेल खेल्दै गर्दा ५० औं विकेट लिए । यसअघि आइपिएलमा सबैभन्दा छिटो ५० विकेट लिने खेलाडीको रेकर्ड वेष्ट इण्डिजका स्पिनर सुनिल नरेनको नाममा थियो । अहिले आइपिएलमा कोलकाता नाइटराइडर्सबाट खेलिरहेका नरेनले ३२ आइपिएल खेलमा ५० विकेट पूरा गरेका थिए ।

आज रबाडाले रेकर्ड बनाउँदै गर्दा उनको यो रेकर्डमा दुर्लभ संयोग समेत बन्यो । उनले आफ्नो ५० औं विकेटको कोसेढुंगा पार गर्ने क्रममा आफ्नै राष्ट्रिय टिमका कप्तानलाई आउट गरे । रबाडा वर्तमान समयमा दक्षिण अफ्रिकाका सबैभन्दा भरपर्दा पेस बलर मानिन्छन् र फाफ डुप्लेसिस दक्षिण अफ्रिकाको राष्ट्रिय टिमका कप्तान हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *