रोमाञ्चक जितसहित दिल्ली फेरि शीर्ष स्थानमा

डिसी नेपाल
१ कार्तिक २०७७ २३:३८

काठमाडौं। यूएईमा जारी आईपीएलमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको दोस्रो खेलमा चेन्नई सुपरकिंग्समाथि ५ विकेटको रोमाञ्चक जित हात पार्दै दिल्लीले अंक तालिकामा १४ अंक जोड्यो। दिल्ली प्लेफमा पुग्न अब यति अंकले पनि पुग्न सक्छ।

अक्षर पटेलले अन्तिम ओभरमा ३ छक्का प्रहार गर्दै दिल्लीलाई रोमाञ्चक जित दिलाए। ओपनर शिखर धवनले आईपीएल करिअरकै पहिलो शतक प्रहार गरे। १८० लक्ष्य पछ्याएको दिल्लीका लागि धवनले नटआउट ५८ बलमाा १०१ रन बनाए।

यसअघि चेन्नईले ४ विकेटमा १७९ रन बनाएको थियो। यो खेलमा पराजित भएसँगै चेन्नईको प्लेअफ दौड कठिन भएको छ। चेन्नईले आफ्ना ९ खेल मध्ये ३ खेलमात्र जितेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *