बलले स्टेडियम नाघेर सडकमा पुग्यो, सडकमा हिँडिरहेका व्यक्ति बल टिपेर भागे

डिसी नेपाल
२ कार्तिक २०७७ ८:५०

काठमाडौं। इण्डियन प्रिमियर लिग अन्तर्गत शनिबार चेन्नइ सुपरकिंग्स र दिल्ली क्यापिटल्सबीच भएको खेलको पहिलो इनिङमा चेन्नइ सुपरकिंग्सका ब्याट्सम्यान रविन्द्र जडेजाले एउटा छक्का यति जोडसँग प्रहार गरे कि बल स्टेडियम नाघेर बाहिर सडकमा पुग्यो । रोचक त के भने जुन बलमा जडेजाले छक्का हानेका थिए त्यो बल सडकमा हिँडिरहेका एक व्यक्तिले आफूसँगै लिएर गए । १८ औं ओभरमा दिल्लीका बलर तुषार देशपांडेको बलमा जडेजाले यो छक्का हानेका थिए ।

यो खेलमा जडेजाले १३ बलमा ३३ रन बनाएका थिए । उनले ४ छक्का हानेका थिए । फाफ डुप्लेसिसले ५८ रन बनाए, अम्बाती रायडुले ४५ रनको इनिङ खेले । पहिले ब्याटिङ गर्दै चेन्नइ सुपरकिंग्सले ४ विकेटको क्षतिमा २० ओभरमा १७९ रन बनाएको थियो । जवाफमा दिल्लीले १९.५ ओभरमा १८५ रन बनाएर खेल जित्यो । दिल्लीको लागि शिखर धवनले शतक बनाए । अन्तिम ओभरमा ३ छक्का हान्दै अक्षर पटेलले दिल्लीलाई जीत दिलाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *