महिला टि २० विश्वकप छनौटमा नेपाल सहित आठ राष्ट्रले सहभागिता जनाउने

डिसी नेपाल
३ कार्तिक २०७७ १७:५३

काठमाडौं । आईसीसी महिला टि २० विश्वकप छनौट अन्तर्गत एसिया क्षेत्रीय छनौटको मिती सार्वजनिक गरिएको छ । आईसीसीले सार्वजनिक गरेको मिती अनुसार खेल २०२१ सेप्टेम्बर १६ देखी २५ सम्म मलेसियामा हुनेछ । प्रतियोगितामा नेपाल सहित आयोजक मलेसिया, म्यानमार, चीन, भुटान, कुवेत, युएई र हङकङले सहभागिता जनाउने छ । प्रतियोगितामा पहिलो र दोस्रो हुने टोलीले आईसीसी टि २० ग्लोबल छनौटमा सहभागिता जनाउने छ ।

हालको लागी प्रतियोगिता मिती २०२१ सेप्टेम्बर १६ देखी २५ सम्म हुने तय भएपनि कोभिड–१९ को अवस्थालाई मध्यनजर गर्दे मिती परिवर्तन हुनसक्ने आईसीसीले जनाएको छ । प्रतियोगिमा सहभागिता जनाउने धेरैजसो टोलीले त्यसअघि मलेसियामै हुने महिला एसिया कप छनौटमा एक अर्काको सामना गर्नेछ । सन २०१९ मा थाईल्यान्डमा भएको महिला टि २० विश्वकप छनौट अन्तर्गत एसिया क्षेत्रीय छनौट प्रतियोगिता आयोजक राष्ट्रले जित्दै पहिलो पटक महिला टि २० विश्वकपमा सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा नेपाल दोस्रो भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *