विश्वमा कोरोना : २४ घण्टामा थपिए ३ लाख ३५ हजार, संक्रमितको संख्या ४ करोड ६ लाख

डिसी नेपाल
४ कार्तिक २०७७ ७:१९

काठमाडौं । विश्वमा कोरोनाका ३ लाख ३५ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। वल्र्डोमिटरका अनुसार गत २४ घण्टामा थपिएका ३ लाख ३५ हजारसँगै विश्वमा कोरोना संक्रमित हुनेको संख्या ४ करोड ६ लाख ३२ हजार ४ सय बढी पुगेको हो।

गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा ५४ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै अमेरिकामा कोरोना संक्रमित हुनेकोे संख्या ८४ लाख ५३ हजार ८ सय बढी रहेको छ। अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि सबैभन्दा बढी २ लाख २५ हजार २ सय बढी रहेको छ। यस्तै अमेरिकामा हालसम्म ५४ लाख ९६ हजार ७ सय बढी कोरोनाको संक्रमणबाट मुक्त भएका छन्।

अमेरिकापछि भारतमा गत २४ घण्टामा ४६ हजार ४ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै भारतमा कोरोना संक्रमित हुनेकोे संख्या ७५ लाख ९४ हजार ७ सय बढी रहेको छ। भारतमा १ लाख १५ हजार २ सय बढिले कोरोनाका कारण ज्यान गुमाएका छन। यस्तै भारतमा हालसम्म ६७ लाख ३० हजार ६ सय बढी कोरोनाको संक्रमणबाट मुक्त भएका छन्। कोरोना संक्रमणबाट मुक्तहुनेमा अमेरिका भन्दा भारत अगाडी रहेको छ।

यस्तै, २४ घण्टामा यूकेमा १८ हजार ८ सय बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन्। योसँगै यूकेमा कोरोना संक्रमित हुनेको संख्या ७ लाख ४१ हजार २ सय बढि रहेको छ। यूकेमा कोरोनाका कारण ४३ हजार बढिले ज्यान गुमाएका छन भने हालसम्म १ जना पनि कोरोना संक्रमण मुक्त भएको रेकर्ड छैन।

गत २४ घण्टामा ब्राजिल र रसियामा १५ हजार बढि कोरोनाका संक्रमित थपिएका छन। यस्तै, फ्रान्समा १३ हजार बढी र स्पेन र अर्जेन्टिनामा १२ हजार बढि कोरोनाका संक्रमितहरु थपिएको वल्र्डोमिटरको तथ्याङ्कमा उल्लेख गरिएको छ।

यस्तै, इटाली र बेल्जियममा ९ हजार बढि, स्वीजरल्याण्डमा ८ हजार बढि, नेदरल्याण्ड र पोल्याण्डमा ७ हजार बढि र जर्मनी र कोलोम्बियामा ६ हजार बढि कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन्।

यूक्रेन, इरान, मेक्सिको र इराकमा ४ हजार बढिको दरले कोरोना संक्रमितहरु थपिएका छन भने नेपाल, इन्डोनेसिया र क्यानडामा ३ हजार बढिको दरले कोरोनाका संक्रमितहरु थपिएका छन्। २४ घण्टामा २ हजार बढि कोरोनाका संक्रमित थपिने देशहरुमा फिलिपिन्स, रोमानीया, पेरु, टिउनिसिया, मोरोको र टर्कि रहेका छन।
यसैगरी, प्रोचुगल, इजराइल, बंगलादेश, चीली, हंगरी, दक्षिण अफ्रिका, जोर्डन, म्यानमार, लिबिया, अष्ट्रिया र आइसल्याण्डमा १ हजार बढिका दरले गत २४ घण्टामा कोरोनाका संक्रमितहरु थपिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *