न्युजील्यान्डका बेन लिस्टर पहिलो कोभिड–१९ बैकल्पिक खेलाडी

डिसी नेपाल
४ कार्तिक २०७७ १६:१२

काठमाडौं । ओकल्यान्डका बेन लिस्टर कोभिड–१९ का कारण पहिलो बैकल्पिक खेलाडी बनेका छन । उनी ओक्ल्यान्डमा जारी प्लकेट शिल्ड प्रथम श्रेणी क्रिकेट च्याम्पियनशिपमा सहकर्मी साथी मार्क चैपम्यानको ठाउमा पर्न सफल भएका छन । अन्तराष्ट्रिय क्रिकेटमा ६ एकदवसीय र २४ टि २० अन्तराष्ट्रिय खेलिसकेका २६ बर्षीय मार्क चैपम्यानले गत सोमवार आफुलाई अस्वस्थ महसुस गरे । त्यसपछि उनको कोरोना परिक्षण गरियो ।

चैपम्यानको रिपोर्ट आउनु अघिसम्म १८ प्रथम श्रेणी क्रिकेट खेलेका लिस्टरलाई उनको बैकल्पिक खेलाडीको रुपमा घोषणा गरियो । ओक्ल्यान्ड क्रिकेटले ट्वीट गर्दे ओली प्रिंगलले प्रथम श्रेणी क्रिकेटमा डेब्यु गरेको र लिस्टरलाई चैपम्यानको बैकल्पिक खेलाडीको रुपमा घोषणा गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *