आईपीएलमा लगातार दुई सतक प्रहार गर्ने शिखर धवन पहिलो खेलाडी

डिसी नेपाल
४ कार्तिक २०७७ २१:३८

काठमाडौं । युएईमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेली रहेका भारतीय ब्याटसम्यान शिखर धवनले नयाँ किर्तिमान बनाएका छन । उनी आईपीएल ईतिहासमै लगातार दुई खेलमा दुई सतक प्रहार गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन । यो किर्तिमान आईपीएलमा अहिले सम्म कुनैपनि खेलाडीले बनाउन सकेका छैनन । दिल्ली र पञ्जाब बिच जारी आईपीएलको ३८ औं खेलमा दिल्लीले टस जितेर ब्याटिङ गर्ने क्रममा शिखरले ६१ बलमा अविजित १०६ रन बनाएका छन । यस क्रममा उनले १२ चौंका र ३ छक्का प्रहार गरेका छन । शिखरले यसअघि चेन्नई सँगको खेलमा पनि अविजित १०१ रन बनाएका थिए । ५८ बलको सामना गरेका उनले सतक प्रहार गर्ने क्रममा १४ चौंका र एक छक्का प्रहार गरेका थिए ।

शिखर आईपीएल ईतिहासमा ५ हजार रन पुरा गरेका छन । उनले आईपीएलको १६९ खेलमा ३५.०२ को औसतमा ५ हजार ४४ रन बनाएका छन । यस क्रममा उनले २ सतक र ३९ अर्धसतक प्रहार गरेका छन । आईपीएलमा ५ हजार रन बनाउने अन्य खेलाडीहरुमा विराट कोहली पहिलो स्थान, सुरेश रैना दोस्रो र रोहित शर्मा तेस्रो स्थानमा रहेका छन ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *