लियोनेल मेस्सीले च्याम्पियन्स लिगमा किर्तिमान बनाए

डिसी नेपाल
५ कार्तिक २०७७ ११:१७

काठमाडौँ । लियोनेल मेस्सीले युरोपेली च्याम्पियन्स लिगमा किर्तिमान बनाएका छन् । बार्सिलोनाका अर्जेन्टिनी सुपर स्टार मेस्सीले लिगको १६ औं खेलमा गोल गरेर रियान गिग्सको किर्तिमानको बराबरी गरेका छन् । ३३ बर्षिय मेस्सीले गएराती हंगेरीयन क्लब फेरेन्सभारोसविरुद्ध पेनाल्टीमा गोल गरेका थिए ।

मेसीले आफ्नो करिअरमा च्याम्पियन्स लिगको पहिलो गोल २००५ को नोभेम्बर २ मा समूह चरणको खेलमा गरेका थिए । सो खेल बार्सिलोनाले ५-० ले जितेको थियो । लिगको औं सिजन म्यानचेस्टर युनाइटेडका रियान गिग्सले पनि गरेका छन् । गिग्सले च्याम्पियन्स लिगको कुल १६ सिजनमा गोल गरेर यस्तो रेकर्ड बनाएका थिए, तर उनले लगातार १६ सिजनमा गोल गरेका भने होइनन् । गिग्सले युनाइटेडका लागि २२ सिजन खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *