संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो,थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या एक लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जना कोरोना संक्रमित थपिएका छन्।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।
त्यस्तै, कोरोना संक्रमणबाट थप २१ जनामा कोरोना संक्रमणबाट मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment