औषधीजन्य लागुऔषधसहित ३ जनालाई नागढुंगाबाट पक्राउ

डिसी नेपाल
८ कार्तिक २०७७ २०:०७

काठमाडौ । प्रहरीले औषधीजन्य लागुऔषधसहित ३ जनालाई काठमाडौको थानकोटबाट पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्रोजेपाम १ हजार २ सय ट्याब्लेट, डाइजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३४ एम्पुल, नुर्फिन १ सय एम्पुल र ब्राण्ड तथा जेनरिक नाम उल्लेख नभएको १ सय ३० एम्पुल सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सप्तरी जयपुर गाउँपालिका २ घर भएका ३५ वर्षीय वीरेन्द्र कुमार साह, सिरहा लहान नगरपालिका १३ घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय अमर यादब र सोही नगरपालिका २३ घर भएका २४ वर्षीय ईन्द्रजित सहनी रहेका छन् ।

राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना. ८ ख ६४९७ नम्बरको बसमा महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा क्यावीनमा बोराभित्र लुकाई ल्याएको औषधिजन्य लागूऔषध फेला परेको थियो ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि सो बसका सहचालक वीरेन्द्र कुमारले अमर र ईन्द्रजितलाई दिन सो लागूऔषध ल्याएको खुलेपपछि काठमाडौं महानगरपालिका १४ स्युचाटारबाट लागूऔषध लिन आएको अवस्थामा उनीहरुलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *