नेकपा नेता शर्मालाई कोरोना संक्रमण

डिसी नेपाल
९ कार्तिक २०७७ ९:२६
60
Shares

काठमाडौं। सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। पूर्वमन्त्रीसमेत रहेका शर्माले आइतबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जानकारी गराउँदछु,’ फेसबुकमा उनले लेखेका छन्, ‘केही दिनयता मसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु।’

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *