खर्च व्यहोर्न नसक्ने संक्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

डिसी नेपाल
९ कार्तिक २०७७ १७:४८

काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता विपरीत हुने स्मरण गराउँदै मन्त्रालयले सबै सरकारी, सामुदायिक, निजी, गैरसरकारी अस्पताल र मेडिकल कलेजलाई खर्च व्यहोर्न नसक्ने सङ्क्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो ।

आइतबार मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका कोअर्डिनेटर डा गुणराज लोहनीले विज्ञप्ति जारी गर्दै कतिपय अस्पतालले कोभिड–१९ का विरामीलाई भर्ना गर्दा रकम मागेको, रकम जम्मा गर्न नसक्दा उपचारबाट बञ्चित गरेको गुनासो आएको उल्लेख गरेका छन्।

विपन्न, अशक्त, असहाय, जेष्ठ नागरिकको उपचार सरकारले निःशुल्क गर्ने र यसका लागि बिरामीका तर्फबाट स्वयं घोषणा गरे मान्य हुने भन्दै लोहनीले यस विपरीत काम गरे अस्पतालहरु स्वंयम जिम्मेवार हुने विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिमा सबै सरकारी, सामुदायिक, निजी, गैरसकारी अस्पतालहरुलाई सम्बोधन गर्दै भनिएको छ, ‘उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ संक्रमितको उपचार निःशुल्क गर्नु हुन यो विज्ञप्ति जारी गरिएको छ ।’

केही दिनअघि सरकारले विपन्न, असहाय, अपाङ्गता भएका र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्णय गरेको थियो ।

पूरा विज्ञप्तिः




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *