खसी बेचेर दशैं मनाउँदै

डिसी नेपाल
९ कार्तिक २०७७ २३:३२

दमौली । जिल्लाको घिरिङ गाउँपालिका, भीमाद नगरपालिका, व्यास नगरपालिका लगायतका ठाउँका कृषकले खसी बिक्री गरेर आम्दानीले दशैं मनाउने तयारी गरेका छन् ।

घिरिङ गाउँपालिका–२ सुन्धाराका कृषक होमबहादुर थापाले खसी बिक्री गरेर आम्दानी भएको रकमले दशैं मान्न सहज भएको बताउँदै यस वर्षको दशैंमा खसी विक्री गरेर रु एक लाख ६ हजार तीन सय ३० आम्दानी भएको जनाए ।

सोही ठाउँका तिलसरा थापाले दशैंमा खसी बिक्री गरेर रु ५३ हजार ७ सय ६० आम्दानी गरेकी छन् । यहाँका कृषकको मुख्य आम्दानीको स्रोत बाख्रापालन हो ।

घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाको पहलमा यहाँका कृषकले एकैदिन रु सात लाख ४१ हजार ८ सय २३ बराबरको खसीबोका बिक्री गरेका छन् । कृषकले उत्पादन गरेका खसी गाउँपालिका बाहिर बिक्री भएको सहकारीका अध्यक्ष शारदा आलेले जानकारी दिइन् ।

भीमाद नगरपालिका–९ भानुमतिका कृषकले पनि खसी बिक्री गरेर भएको आम्दानीले दशैं मनाउने तयारी गरेको अगुवा कृषक शिवकुमार आलेले जानकारी दिए । भानुमतिका ५० भन्दा बढी घर बाख्रापालनमा आवद्ध छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *