सांसद श्रेष्ठबाट सडकको अनुगमन

डिसी नेपाल
१० कार्तिक २०७७ २३:३६

लमजुङ । विजयादशमीका दिन आज पनि तनहुँका सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले जिल्लामा भइरहेका विकास निर्माणका कार्यको अनुगमन गरेका छन् । सङ्घीय सरकारबाट बजेट विनियोजन भई शुरु भएको मोटरमार्गको कालोपत्रको सांसद श्रेष्ठले अनुगमन गरेका हुन्।

उनले व्यास नगरपालिका–१ स्थित गल्वुवेशी मोटरमार्गको अनुगमन गर्दै हालसम्मको प्रगति विवरण लिएका छन् । उक्त ठाउँमा आर्थिक वर्ष ०७६÷७७ मा विनियोजित रु दुई करोडको लागतमा एक हजार तीन सय मिटर बाटो कालोपत्रेको काम भइरहेको छ । विनियोजित बजेटबाट भइरहेको कामको बारेमा जानकारी लिन अनुगमन गरेको सांसद श्रेष्ठले बताए ।

सडक कालोपत्रको ठेक्का हेजल कन्ट्रक्सनले पाएको छ । मोटरमार्ग कालोपत्रे भएपछि स्थानीयवासीले हिलो र धुलोबाट मुक्ति पाउने स्थानीय ज्ञानेन्द्र बसौलाले बताए। उनका अनुसार पृथ्वीराजमार्गको गल्वुवेशीचोकदेखि लिचीघारीसम्म सडक कालोपत्रे हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *