बेलायतमा फेरि एक महिना लामो लक डाउनको आदेश

डिसी नेपाल
१६ कार्तिक २०७७ ४:२३

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले देशव्यापी नयाँ लकडाउनको घोषणा गरेका छन्। शनिबार पत्रकार सम्मेलनमार्फत उनले बेलायतभर नै ६ जनाभन्दा बढी मानिसहरु सार्वजानिक स्थलहरुमा भेला हुन नपाइने आदेश जारी गरेका हुन्।

उनको आदेशअनुसार, नोभेम्बर ५ तारिकदेखि बेलायतमा बार, डिस्को, पवहरु तथा रेष्टुराँहरु, व्यायामशालाहरु र अत्यावश्यक सामाग्रीका वाहेक अरु पसलहरु बन्द गरिनेछन् भने काममा जानैपर्ने व्यक्तिहरु वाहेक अरुले घरमै बस्नुपर्ने छ। कोरोना भाइरसको प्रकोप तीब्र गतिमा बढेपछि उनले लकडाउनको आदेश जारी गरेका हुन्।

बीबीसीका अनुसार, यो नयां प्रतिबन्ध एक महिनाका लागि लागू गरिएको  छ। तर, यो प्रतिबन्धमा स्कूल, कलेज र विश्वविद्यालयहरुलाई लागू हुने छैन। तर, घरभित्र र घरको बगैंचामा समेत जमघट गर्न प्रतिबन्ध लगाइएको छ।

प्रधानमन्त्री जोन्सनले आगामी क्रिस्मससम्ममा कोरोना भाइरस नियन्त्रण लिन सकिने आशा व्यक्त गर्दै क्रिस्मसको समयमा परिवारिक जमघट हुनसक्ने बातावारण बनाउन यो लकडाउनले सहयोग गर्ने आशा व्यक्त गरेका छन्।

उनले लकडाउनको पालना गर्न देशवासीहरुलाई आग्रह गर्दै परिपालन हुन नसक्दा “डाक्टर र नर्सहरू कुन बिरामीको उपचार गर्ने, कसलाई अक्सिजन हुने र को नहुने, कसले बाँच्ने र को मर्ने भनेर छनौट गर्न बाध्य हुनेछन्,’ भन्ने चेतावनी पनि दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *