पाँड्याले विस्फोटक ब्याटिंग गरेपछि दिल्लीलाई २०१ रनको विशाल लक्ष्य

डिसी नेपाल
२० कार्तिक २०७७ २१:३३
268
Shares

काठमाडौं। यूएईमा जारी आईपीएलको पहिलो प्लेअफमा टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको मुम्बई इण्डियन्सले २०० रनको विशाल स्कोर बनाएको छ। दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिंग रोजेपछि मुम्बईलाई सामान्य स्कोरमा रोक्न सकेन।

मुम्बईका लागि हार्दिक पाँड्याले विस्फोटक ब्याटिंग गरे। उनले १४ बलमा नटआउट ३७ रन बनाउनेक्रममा ५ छक्का प्रहार गरे। त्यस्तै अर्का ब्याट्सम्यान इसान किसनले पनि नटआउट ३० बलमा ५५ रन बनाए।

मुम्बईले अन्तिम ५ ओभरमा ७८ रन जोड्दै दिल्लीलाई विशाल लक्ष्य दिएको हो।

दिल्लीका लागि आर आश्वीनले ३ विकेट लिए पनि कागिसो राबाडा र एनरिस नार्तेजेले रन लुटाउँदा मुम्बईले विशाल स्कोर बनायो। अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका यी दुई टिम मध्ये जित्ने टिम फाइनलमा पुग्ने छ भने पराजित टिम अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बेंगलोरबीचको विजेतासँग फाइलनका लागि खेल्ने छ।

आईपीएल इतिहासमा दिल्ली अंक तालिकाको शीर्ष दुईमा पुगेको पहिलो पटक हो। दिल्ली हालसम्म फाइनलसम्म पुग्न सकेको छैन भने मुम्बई आईपीएलको ५ पटकको विजेता हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *