गण्डकीमा २७९ नयाँ सङ्क्रमित, एकको मृत्यु
गण्डकी । गण्डकी प्रदेशमा २७९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने एकको मृत्यु भएको छ ।
प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ५४३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिए।
पछिल्लो २४ घण्टामा १४५ जना निको भएका छन् भने हालसम्म निको हुनेको सङ्ख्या चार हजार ८०२ जना पुगेका छन् । प्रदेशमा सक्रिय सङ्क्रमतिको तीन हजार ६४५ छ भने मृत्यु हुनेको सङ्ख्या ९६ पुगेको छ । रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment