श्रीमानको हत्या आरोपमा पक्राउ
सांकेतिक तस्वीर
सल्यान । प्रहरीले श्रीमान्को हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । कपुरकोट गाउँपालिका वडा नम्बर ५ पाङराङ बस्ने ५४ वर्षका रामे कामीलाई आफ्नै श्रीमती ४३ वर्षीया ईश्वरीलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
बुधबार बिहान आफ्नै घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिची पिर्काले टाउकामा प्रहार गरी हत्या गरिएको मृतकका बुवाले प्रहरीलाई जानकारी दिएपछि आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरयासी झगडा भइरहने र ईश्वरीबाट कुनै सन्तान नभएपछि जग्गा बेचेर पसल गर्ने विषयमा विवाद भएपछि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए। आरोपित महिलालाई पक्राउ गरेर जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी निरीक्षक वलीले जानकारी दिए ।रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment