विश्वमा कोरोना निरन्तर उकालो, अमेरिकामा संक्रमितको संख्या १ करोड नजिक

डिसी नेपाल
२१ कार्तिक २०७७ ७:००
80
Shares

काठमाडौं । विगत केहीदिन यता विश्वमा कोरोनाबाट संक्रमित हुनेको संख्याको ग्राफ नियमित उकालो लाग्न थालेको छ। विगत ३ दिनको तथ्यांक हेर्नेहो भने २ दिन पहिला ४ लाख ८८ हजार बढी कोरोनाका संक्रमित विश्वमा थपिएका थिए। शुक्रबार त्यो संख्या बढेर ५ लाख ९९ हजार ५ सय ८१ पुगेको छ।

शुक्रबार सबैभन्दा बढी अमेरिकामा १ लाख १३ हजार ५ सय ३७ कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या १ करोडका नजिक रहेको छ। अमेरिकामा हालसम्म ९९ लाख १४ हजार ५ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये २ लाख ४० हजार ९ सय २० ले ज्यान गुमाएका छन भने गत २४ घण्टामा मात्र १ हजार बढीको कोरोनाका कारण मृत्यु भएको छ।

अमेरिकापछि फ्रान्स पछिल्लोसमय कोरोना संक्रमित हुनेको संख्याको आधारमा निरन्तर उकालो लागेको छ। गत २४ घण्टामा पनि फ्रान्समा ५८ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। कोरोनाबाट हालसम्म फ्रान्समा १६ लाख १ हजार बढी मानिसहरु संक्रमित भए पनि एक पटक रोकिएको संक्रमण पुनः बढ्न थालेको हो। फ्रान्समा ३९ हजार बढीले ज्यान गुमाएका छन् भने हालसम्म १ लाख २४ हजार बढी संक्रमित मात्र संक्रमण मुक्त भएका छन्।

हालसम्म ८४ लाख ११ हजार बढी संक्रमित भएको भारतमा गत २४ घण्टामा ४७ हजार ६ सय २२ कोरोनाका संक्रमितहरु थपिएका छन्। १ लाख २५ हजार बढीले ज्यान गुमाएको भारतमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या विश्वमै उच्च रहेको छ। हालसम्म भारतमा ७७ लाख ६४ हजार ७ सय बढीले कोरोना जितेका छन्। संक्रमितको संख्याका आधारमा कोरोना संक्रमणबाट मुक्त हुने देशमा भारत पहिलो नम्बरमै रहेको छ।

पुनः संक्रमण फैलिएको इटालीमा पनि गत २४ घण्टामा ३४ हजार ५ सय ५ जना कोरोनाका संक्रमितहरु थपिएका छन्। योसँगै इटालीमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख २४ हजार बढिरहेको छ। हालसम्म इटालीमा ४० हजार बढीले कोरोनाका काराण ज्यान गुमाएका छन् भने ३ लाख १२ हजार बढी संक्रमण मु्क्त भएका छन्।

यस्तै, गत २४ घण्टामा पोल्याण्डमा २७ हजार बढी, यूकेमा २४ हजार बढी, ब्राजिलमा २३ हजार बढी, स्पेन र जर्मनीमा २१ हजार बढी, रसियामा १९ हजार र बेल्जीयममा १४ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। अर्जेन्टिनामा ११ हजार भन्दा धेरै, स्वीजरल्याण्डमा १० हजार, कोलोम्बीया, यूक्रेन र रोमानीयामा ९ हजार बढीका दरले कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएको तथ्यांकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *