मुम्बइविरुद्धको खेलमा किन हातमा कालो पट्टी बाँधेर मैदानमा उत्रिए दिल्लीका खेलाडी ?

डिसी नेपाल
२१ कार्तिक २०७७ १२:५२

काठमाडौं। इण्डियन प्रिमियर लिगको पहिलो क्वालिफायर खेल जित्दै मुम्बइ इण्डियन्स फाइनल प्रवेश गरेको छ । यो खेलमा दिल्ली क्यापिटल्सका खेलाडीहरु हातमा कालो पट्टी बाँधेर मैदानमा उत्रिएका थिए । खासमा दिल्ली क्यापिटल्स टिमका सदस्य तीब्र गतिका बलर मोहित शर्माका पिता महिपाल शर्माको निधन भएकोले उनीप्रति श्रद्धाञ्जलीस्वरुप दिल्लीका खेलाडीहरु हातमा कालो पट्टी बाँधेर खेलेका थिए ।

रिपोर्टका अनुसार पिताको निधन भएपछि मोहित शर्मा प्रतियोगिता छाडेर युएइबाट भारत फर्किंदैछन् । दिल्ली फ्रेन्चाइजीले भने यसबारे आधिकारिक रुपमा केही भनेको छैन । जारी आइपिएलमा मोहित शर्माले केवल एक खेल खेलेका छन् । २० सेप्टेम्बरमा पहिलो खेलमा उनी पञ्जाबविरुद्ध खेलेका थिए । यो खेलमा मोहितले एक विकेट लिएका थिए । यो खेल सुपरओभरमा दिल्लीले जितेको थियो ।

हिजो भएको प्लेअफ भने मुम्बइले ४ पटकको च्याम्पियन मुम्बइ इण्डियन्ससँग ५७ रनले हारेको छ । यद्यपि दिल्ली प्रतियोगिताबाट बाहिरिएको भने छैन । दिल्लीले अझै एक मौका पाउनेछ । आज हुने रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीचको इलिमिनेटर खेलको विजेतासँग दिल्लीले आइतबार दोस्रो क्वालिफायर खेल्नेछ । आइतबारको दोस्रो क्वालिफायर जित्ने टिमले मंगलबार मुम्बइ इण्डियन्ससँग उपाधिका लागि फाइनल खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *