नेकपा विवाद : ओलीलाई भेट्न सचिवालयका पाँच सदस्य बालुवाटरमा

डिसी नेपाल
२२ कार्तिक २०७७ १२:३४

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शिर्ष ५ नेता प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेका छन्। शुक्रबार पार्टी कार्यालय धुम्बारहीमा छलपफल गरेका सचिवालयका ५ सदस्य प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सचिवालय वैठकमा सहमत गराउन बालुवाटार पुगेकाे स्राेतले जनाएकाे छ।

बालुवाटार स्राेतका अनुसार असन्तुष्ट रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गाैतम तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लिखित पत्रसहित बालुवाटार पुगेका हुन्।

शुक्रबार धुम्बारहीमा अनाैपचारिक सचिवालय वैठकमा छलफल गरेपछि उनीहरू बालुवाटर पुगेका हुन्। प्रचण्डले आफै सचिवालयकाे औपचारिक बैठक बाेलाउने मनसाय बनाएर बालुवाटार प्रवेश गरेकाे स्राेतले बताएकाे छ।

स्राेतले भन्याे, ‘सकेसम्म प्रधानमन्त्रीलाई केन्द्रीय सचिवालय बैठकका लागि राजी गराउने। यदि प्रधानमन्त्रीले त्याे कुरा अस्वीकार गरे प्रचण्ड आफैले भए पनि पार्टीकाे केन्द्रीय सचिवालयकाे औपचारिक वैठक बाेलाएर जाने साेचमा हुनुहुन्छ।’

पार्टीकाे विवाद चरम उत्कर्षमा पुगेका बेला धुम्बारहीमा भएकाे बैठकलाइ प्रधामन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टी फुटिसकेकाे र घाेषणामात्र हुन बाँकि रहेकाे अभिव्यक्ति दिएका थिए। ओलिले सरकारबाट आफू हटेपछि देश संकटमा फस्ने भएकाले असन्तुष्ट पक्षले भन्ने वित्तिकै राजिनामा नदिने बताउँदै आएका छन्। तर, असन्तुष्ट पक्ष भने ओलीलाई सरकार छाेड्न बाध्य गराउने कसरतमा जुटेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *