क्यान बोर्ड बैठक समपन्न, प्रधानमन्त्री राष्ट्रिय कप क्रिकेट प्रतियोगिता आगामी डिसेम्बर हुने

डिसी नेपाल
२२ कार्तिक २०७७ १६:२०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यानले) प्रधानमन्त्री राष्ट्रिय कप क्रिकेट प्रतियोगिता आगामी डिसेम्बरमा गर्ने जनाएको छ । शनीवार सम्पन्न क्यानको बोर्ड बैठकले प्रतियोगिताका लागि अनुमति लिने प्रक्रिया तत्काल सुरु गर्ने जनाएको छ । क्यानको बोर्ड बैठकले अन्य निर्णयहरु पनि गरेको छ । अनलाईन प्रबिधिबाट सम्पन्न बोर्ड बैठक पछि जारी गरिएको बिज्ञप्तीमा क्यानले बार्षिक साधारण सभा आगामी मंसिर ३ गर्ने निर्णय गरेको छ । साथै क्यानले चितवनमा खेलाडी बर्गिकरणमा भएको त्रुटीलाई सच्याउदै सोमपाल कामिलाई ग्रेड बि र सन्दिप जोरालाई ग्रेड सी मा राख्ने निर्णय गरेको छ । महिला खेलाडी तर्फ सरस्वती चौधरीलाई ग्रेड ‘बी’ र ममता चौधरीलाई ग्रेड ‘सी’ मा राख्ने निर्णय गरेको छ । क्यानले कोरोना महामारीलाई मध्यनजर गर्दे हाललाई खेलाडीहरुको सम्झौता २०२० जनवरी ६ देखी ६ महिनाको लागि गर्ने गरेको छ ।

क्यानको बैठकले भारतीय दुतावासको सहयोगमा नेपालीको एकमात्र अन्तराष्ट्रिय क्रिकेट रंगशाला टियु रंगशालाको पेवेलियनलाई स्तरोन्नित गर्दे मुलपानी स्थित माथिल्लो क्रिकेट मैदानमा ड्रेनेज निर्माण र स्तरोन्नित प्रकिया अगाडी बढाउने निर्णय गरेको छ । साथै क्यानले राष्ट्रिय क्रिकेट टोलीका लागि आवश्यक फिटनेस प्रशिक्षक नियुक्त गर्ने र प्रशान्त बिक्रम मल्लको संयोजत्वमा ऋषि गौतम, दुर्गा राज पाठक, कैलाश बिष्ट र छुम्बी लामा रहनेगरी दुई हप्ता भित्र तीन बर्षीय रणनैतिक योजना निर्माण गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *